समाचार

section_underline

ओखलढुंगा एमालेका पालिका स्तरीय नेतालाई प्रशिक्षण

भदौ २, २०८२

ओखलढुंगा एमालेका पालिका स्तरीय नेतालाई प्रशिक्षण

नेकपा एमाले ओखलढुंगाले जिल्लाका आठवटै पालिका कमिटी अध्यक्ष, सचिव र उप–सचिवका लागि नेतृत्व क्षमता विकासको तालिम दिएको छ । पार्टी जिल्ला कमिटी प्रचार तथा प्रकाशन विभागको आयोजनामा तालिम शुक्रबारदेखि चिशंखुगढी २ पोखरे मा सुरु भएको हो ।
नेकपा एमाले जिल्ला कमिटी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजिव कट्वालका अनुसार तालिममा जिल्लाका सबै आठ पालिकाबाट अध्यक्ष, सचिव र उपसचिवहरूको सहभागिता छ ।