सुचना

section_underline

प्रशिक्षक प्रशिक्षण कार्यक्रम

फाल्गुन २२, २०८१

प्रशिक्षक प्रशिक्षण कार्यक्रम

नेकपा एमाले जिल्ला कमिटी, ओखलढुंगाको स्कुल विभागको आयोजनामा, ८ वटा पालिकाबाट तीन/तीन जनाका दरले २४ जनालाई लक्षित गरी प्रशिक्षक प्रशिक्षण कार्यक्रम मिति २०८१ फागुन २० देखि २२ गतेसम्म सिद्धिचरण-४, रुम्जाटारमा सम्पन्न भयो।
उक्त प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका उपमहासचिव, संगठन विभाग प्रमुख तथा जबजका कुशल व्याख्याता प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यता रहेको थियो।
यसैगरी, नेकपा एमाले पोलिटब्यूरो सदस्य पर्शु मेघी गुरुङ, प्रदेश स्कूल विभागका सचिव रामप्रसाद दंगाल, कुशल प्रशिक्षक दुर्गा थापा (स्वस्ति) प्रशिक्षक को रूपमा हुनुहुन्थ्यो।